एक हजार ९५० बोट गाँजा नष्ट

रिपोर्ट नेपाल | 2019 Sep 12 | 06:17 pm 1761

नुवाकोट, भदौ २६ : जिल्ला प्रहरी कार्यालय नुवाकोटले अवैधरुपमा लगाइएको एक हजार ९५० बोट गाँजा नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख अविनारायण काप्mलेका अनुसार अवैध लागुऔषध गाँजा प्रहरीले नष्ट गरेको हो ।

उनले नुवाकोटको शिवपुरी गाउँपालिका–६ स्थित सुईचौरमा २५० बोट, बेलकोटगढी नगरपालिका–६ स्थित महादेव खड्कागाउँमा दुई सय बोट, विदुरनगपालिका–१० स्थित दारेगौँडामा एक हजार ५०० गरी जम्मा एक हजार ९५० गाँजाको बोट प्रहरीले नष्ट गरेको जानकारी दिए ।

उनले लागुऔषध दुव्र्यसनीबाट युवायुवतीलाई जोगाउन जिल्लामा प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.