गुल्मी, भदाै २५: गत साउन ७ गते अविरल वर्षासँगै गएकाे पहिराेमा परी सत्यवती गाउँपालिकाकाे लिम्घा र ठूलाे लुम्पेकमा १३ जनाले ज्यान गुमाएका थिए भने सयाैंकाे संख्यामा विस्थापित भएका छन् ।

उक्त ज्यान गुमाउने र विस्थापित हुने घरपरिवारहरुका घाउमा मलमपट्टी लगाउने उद्देश्यले विदेशमा रहेर पनि पिडीतहरुलाई गुल्मी सामाज बेल्जियमले रकम सहयाेग गरेका छन् ।
बेल्जियममा रहेका सम्पूर्ण गुल्मेली बासीहरुले प्रदेशमा गरेकाे आफ्नाे परिश्रमकाे पसिनाबाट पीडितका निम्ति केही रकम कटाएर जम्मा गरिएकाे रकम रु १ लाख ६ हजार (एक लाख छ) हजार सत्यवती गाँउ कार्यपालिका अध्यक्ष पारिश्वर ढकाललाई टिकाराम अर्याल र रामजी ज्ञवालीद्वारा हस्तान्तरण गरिएकाे छ |