काठमाडौं, भदौं २४ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू छिट्टै नेपालको भ्रमणमा आउने बताएका छन् ।
अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइनको भिडियो कन्फरेन्सिङमार्फत मंगलबार संयुक्त रुपमा उद्घाटन गर्दै उनले नेपाल भ्रमणमा आउन आफू पनि आतुर रहेकाले समय मिलाएर छिट्टै नेपाल भ्रमणमा आउने बताए ।
उनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणका लागि गरेको निमन्त्रणालाई महत्वपूर्ण लिएको र नेपाल भ्रमणमा आउने आफ्नो पनि इच्छा रहेको बताएका छन् ।
प्रधानमन्त्री मोदीले भने, ‘तपाईले मलाई फेरि एक पटक नेपाल भ्रमणमा आउन निमन्त्रणा दिनु भएको छ । मैले यो कुरालाई निकै महत्वका साथ लिएको छु । नेपाल भ्रमणमा आउने मेरो पनि धेरै इच्छा छ ।’