प्रधानमन्त्री ओलीलाई चीनमा गार्ड अफ अनर प्रदान

| 2018 Jun 21 | 03:39 pm 3113

काठमाडौं, ७ असार : चीनको ६ दिने भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनमा गार्ड अफ अनर दिइएको छ ।
भ्रमणको तेस्रो दिन चीनको ग्रेट हल अफ दि पिपुल्समा उनलाई गार्ड अफ अनर दिइएको हो । उक्त कार्यक्रममा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ पनि सँगै थिए ।

लगत्तै प्रतिनिधिमण्डलस्तरीय वार्ता शुरु भएको छ । बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो प्रतिनिधिमण्डललाई गरेको स्वागतप्रति धन्यवाद दिंदै द्वीपक्षीय सम्बन्धलाई अझै प्रगाढ बनाउनेमा जोड दिइएको छ । बैठकपछि दुई देशबीच रेलमार्गसहित विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.