चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल आउँदै

रिपोर्ट नेपाल | 2019 Sep 08 | 07:26 am 1821

काठमाडाैं, भदाै २२: चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल भ्रमणमा आउँने भएका  छन् । उनलाई परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागीसहितको उच्चस्तरीय टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने कार्यक्रम रहेकाे छ ।

तीन दिने औंपचारिक नेपाल भ्रमणका क्रममा वाङ यीले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली तथा विभिन्न राजनीतिक दलका शिर्ष नेतृत्वसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय गरिएकाे छ ।

भेटमा दुई देशका परराष्ट्रमन्त्री स्तरीय प्रतिनिधिमण्डलसँग द्धिपक्षीय हितका विविध विषयमा छलफल हुने पनि परराष्ट्रमन्त्री पदीप ज्ञवालीले जानकारी दिए ।

ज्ञवालीले चीनको विकासबाट नेपालले बढि भन्दा बढि लाभ लिने गरी चिनियाँ प्रतिनिधिमण्डलसँग छलफल केन्द्रित गर्ने नेपाल सरकारको योजना पनि बताए । छलफलमा विगतमा गरिएका रेल सेवा संचालन, पारवहन सम्झौताको कार्यान्वयनका विषयलाई पनि जोड दिन लागिएको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सोमबार हुने परराष्ट्रमन्त्रीस्तरीय द्विपक्षीय प्रतिनिधिमण्डलको वार्तामा नेपाल र चीनसँग जोडिएका समग्र विषयको एजेन्डा बनाइने छ । मन्त्रालयस्थित द्विपक्षीय सम्बन्ध हेर्नुहुने सहसचिव कालीप्रसाद पोखरेलले भन्नुभयोे, “नेपाल–चीन सम्बन्धलाई नयाँ आयाम दिन यो भ्रमण सफल हुने आशा राखेका छौँ । ”

भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल भ्रमण गरेको दुइ हप्ता नबित्दै चीनका विदेशमन्त्री वाङले पनि नेपालको औंपचारिक भ्रमण गन लाग्नु भएको हो । चिनियाँ विदेशमन्त्री वाङको सो भ्रमणलाई चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणको तयारीको रुपमा पनि हेरिएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले पनि चिनियाँ राष्ट्रपति सीले नेपाल भ्रमण गर्ने तय भएपनि समय भने निश्चित नभएको स्पष्ट पार्नु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.