डेंगुको राेगका कारण सिन्धुपाल्चोकका एक जनाकाे मृत्यु

रिपोर्ट नेपाल | 2019 Sep 06 | 07:44 am 2036

काठमाडौं, भदाै २०: सिन्धुपाल्चोकस्थित इन्द्रावती गाउँपालिकाका ६० वर्षीय रामबहादुर दनुवारको डेंगुको संक्रमणका कारण बिहीबार बेलुका काठमाडौंमा मृत्यु भएको छ।

ज्वरो आएर मंगलबार काठमाडौंस्थित भेनस अस्पताल भर्ना भएका दनुवारको उपचारका क्रममा मृत्यु भएको जानकारी उक्त अस्पतालमार्फत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा प्राप्त भएको महाशाखाका निर्देशक डा. विवेकलाल कर्णले  बताए।

यस्तै टेकुस्थित शुक्रराज सरुवा रोग केन्द्रले पनि दनुवारको मृत्यु डेंगुका कारण भएको रिपोर्टसहित जानकारी गराएको निर्देशक डा. कर्णले प्रस्ट पारेका छन्।

उनका अनुसार मृतक दनुवार पहिलादेखि नै फोक्सो र लिभरको बिरामी रहेको कुरा रिपोर्टमा उल्लेख छ। दनुवारको मृत्युको जानकारी आएलगत्तै स्वास्थ्यकर्मी सिन्धुपाल्चोक पठाई मृतकको परिवार र आसपासका व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरिएकाले त्यसको रिपोर्ट शुक्रबारसम्म आउने निर्देशक डा. कर्णले बताए । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.