नेपालका लागि जर्मनी र फ्रान्सका राजदूतसँग मन्त्री भट्टराईकाे भेट

रिपोर्ट नेपाल | 2019 Sep 04 | 06:55 am 2112

काठमाडाैं, भदाै १८: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक भ्यालेरी जुलियान्ड, नेपालका लागि जर्मनीका राजदूत रोलान्ड शेफेर र नेपालका लागि फ्रान्सका राजदूत फस्वाँ जामिए लेजेले भेटघाट गरेका छन् । उनीहरुले सिंहदरबारस्थित मन्त्रालयमा छुट्टाछुट्टै भेट गरेका हुन् ।

उक्त भेटमा मन्त्री भट्टराईले हवाई उड्डयन र हवाई सुरक्षाको क्षेत्रमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ)ले तोकेको मापदण्डबमोजिम सुधार गर्न सफल भई आइकाओको पछिल्लो उडान सुरक्षा अडिटको नतिजाले उडान सुरक्षाको स्तर अहिले विश्वमा सरदर ६० प्रतिशत रहेकामा नेपालको ६६.७ प्रतिशत पुगेको बताए ।

नेपालको सुरक्षास्तर बढेको तथा आइकाओ काउन्सिल प्रेसिडेन्ट सर्टिफिकेटसमेत प्रदान भएको अवस्थामा युरोपको आकासमा नेपाली एयरलाइन्सलाई गरिँदै आएको प्रतिबन्ध हटाई निर्वाध ढङ्गले उडान गर्न दिनुपर्नेमा जोड दिएका थिए ।

सो विषयमा आवश्यक सहयोग गर्न मन्त्री भट्टराईले उनीहरुसँग आग्रह गरेका मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाइँले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.