कार्यक्रमलाई सम्बाेधन नै नगरी किन फर्किए यातायात मन्त्री महासेठ

रिपोर्ट नेपाल | 2019 Sep 03 | 06:58 pm 1631

धनुषा, भदाै १७: जनकपुरकाे एक कार्यक्रममा सहभागी हुन गएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ कार्यक्रममा सहभागी कम भएपछि कार्यक्रमलाई सम्बोधनै नगरी फर्किएका छन् ।

उनी गणेश युवा कमिटीको अगुवाईमानवनिर्मित गणेश प्रतिमाको प्राणप्रतिष्ठा कार्यक्रममा सहभागी हुन मंगलबार जनकपुर पुगेका थिए । गणेश पूजनोत्सवमा सहभागी भए पनि मन्त्री महासेठले कार्यक्रमलाई कुनै सम्बोधन गरेनन् ।

कार्यक्रममा सहभागीहरूकाे उपस्थिति कम भएकाले मन्त्री महासेठले कार्यक्रमलाई सम्बोधन नगरेकाे भए पनि आयोजकले अत्यधिक गर्मीका कारण कार्यक्रम स्थगित गरिएको जनाएको छ।

आयोजक संस्थाका सञ्जयकुमार साहले भने,अत्यधिक गर्मीको कारण सहभागीहरुलाई कठिनाई हुने भन्दै मन्त्रीज्यूले कार्यक्रमलाई सम्बोधन नगरेकाे बताए ।

स्रोतका अनुसार सहभागी कम भएको भन्दै मन्त्री महासेठ रिसाएका थिए । रामचौकस्थित धनुषसागरको पश्चिमी घाटमा नवनिर्मित गणेश मन्दिरको उद्‍‌घाटन तथा गणेश प्रतिमाको प्राणप्रतिष्ठा कार्यक्रममा सहभागी हुन मन्त्री महासेठ दिउँसाे १ बजे पुग्दा आयोजक संस्थाका केही सदस्यबाहेक कोही उपस्थिति नभएकाे जानकारी दिए ।

मन्त्री महासेठले न्यून सहभागितालाई दृष्टिगत गरी पहिले पूजाअर्चना गर्न निर्देशन दिएका थिए । मन्त्री महासेठले पूजापाठमा झण्डै ४५ मिनेट बिताए पनि सहभागी नबढेपछि नबोली फर्किएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.