तीजको अवसरमा सभापति देउवाको शुभकामना

रिपोर्ट नेपाल | 2019 Sep 02 | 02:54 pm 2334

काठमाडौं, भदाै १६ :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीजका अवसरमा सबै नेपाली दिदीवहिनीमा शुभकामना दिएका छन्। आफ्नो शुभकामना सन्देशमा देउवाले भनेका छन्, ‘हाम्रो देश अनेक धर्म, अनेक संस्कृति र अनेक पर्वले समृद्ध छ।

यी पर्व हाम्रा पहिचान हुन्, गौरव हुन्। अनेक विमतिहरुका विचमा पनि हाम्रो समाजमा सौहार्दता र एकतालाई मजवुत तुल्याउन पर्वहरुले योगदान गर्दै आएका छन्। अतः सबै खाले पर्वमा आपसी प्रेम, सदभाव, विश्वास र भाईचारा व्यक्त गर्ने हाम्रो परम्पराले हाम्रो समाजलाई एक साझा फुलवारीका रुपमा प्रतिविम्वित गर्दै आएको छ।’

शुभकामना सन्देशमा देउवाले भनेका छन्, ‘तीजमा चेलीहरु माइत आउने र पारिवारिक सम्बन्धलाई हार्दिक बनाउन भूमिका निर्वाह गर्ने दृष्टिले पनि यसको विशेष महत्व छ। अतः यो पर्वले हाम्रो देश, समाज र सबैको पारिवारिक जीवनमा सुखद अपनत्व अभिवृद्धि गर्न सकोस्, म हृदयदेखि पुनः शुभकामना व्यक्त गर्दछु।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.