बारा, भदौ १५: कर्तव्य ज्यान मुद्धामा फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा सुवर्ण गाउँपालिका वडा नम्बर १ का शम्भु सहनी रहेका छन् ।
उनलाई बारा जिल्ला अदालतले २०६४ बैशाख ५ गतेको फैसला आदेशले कर्तव्य ज्यान मुद्दामा ६ महिना कैद फैसला गरेको थियो ।
फरार रहेका सहनीलाई २०७६ भदौ १३ गते जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले लुकी छिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरीएको हो ।
पक्राउपछि उनलाई बारा जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले ठेकिएको कैद भुक्तानको लागि कारागार कार्यालय वीरगंज पठाईएको छ ।