राष्ट्र बैंकले यो दशैंमा नयाँ नोट नदिने

रिपोर्ट नेपाल | 2019 Aug 26 | 12:45 pm 2984

काठमाडौं, भदौ ९: नेपालीको महान चाड बडा दशैंमा विगतका वर्षमा राष्ट्र बैंकले सर्वसाधारणलाई दिँदै आएको नयाँ नोट (पैसा) यस वर्ष नदिने भएको छ ।

राष्ट्र बैंक स्रोतका अनुसार यस वर्ष राष्ट्र बैंकको ढुकुटीमा रहेका सुकिला नोट संचालनमा ल्याउँनका लागि नयाँ नोट नदिने बताइएको छ । नयाँ नोट छपाई प्रकृया अघि बढिरहे पनि राष्ट्र बैंकले नोटको सुरक्षा र आयु बढाउनका लागि अभियान चलाउने भएको छ ।

सर्वसाधारणबाट नोटको सुरक्षा र आयु बढाउने काम नभएको भन्दै राष्ट्र बैंकले अभियान चलाउन लागेको स्रोतको दावी छ । झण्डै १५ अर्ब सुकिला नोट पहिलो चरणमा बैंक वित्तीय संस्थामा ल्याउने र दोस्रो चरणमा सर्वसाधारणलाई वितरण गरिने राष्ट्र बैंकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.