बाजुरामा एक सुत्केरी महिलाको मृत्यु

रिपोर्ट नेपाल | 2019 Aug 24 | 03:47 pm 1689

बाजुरा, भदाै ७:  शनिबार जिल्ला अस्पताल बाजुरामा एक सुत्केरी महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनोमा बडिमालिका नगरपालिका वडा नम्बर ७ जिल्लीका २१ वर्षिया बसन्ती नेपाली रहेकी छन् ।  शनिबार बिहान सुत्केरी भएकी नेपालीले मृत अवस्थामा बच्चा जन्माएकि थिइन् । बच्चा जन्माए पश्चात् आमाको स्वास्थ्य अवस्था निकै कमजोर भएको र उनको उपचारको क्रममा निधन भएको उपचाररत स्वास्थ्यकर्मीले जानकारी दिए ।

उनलाई सुत्केरी व्यथा लागेपछि आफन्तहरुले शुक्रबार साँझ जिल्ला अस्पतालमा बाजुरामा पुर्याएका थिए ।  मृतक नेपालीका श्रीमान रोजगारीको सिलसिलामा कुवेतमा रहेकाे बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.