बसपार्कको महिला मंच संस्कृति संरक्षणमा

रिपोर्ट नेपाल | 2019 Aug 21 | 10:56 am 1915

काठमाडौं, भदौ ४: राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) कि उपाध्यक्ष तथा पूर्वमन्त्री दुर्गा श्रेष्ठले समाजको रुपान्तरणका लागि महिलाको भूमिका अग्रणी हुने बताएकी छन् ।

नेतृ श्रेष्ठले गंगबुमा रहेको समाज उत्थान महिला मंचको छैठौं साधरण सभाको उद्घाटन गर्दै महिलाको सहभागिता र सकृयता बिना सबै कार्य अधुरो हुने बताउँदै महिला संगठित भएर लाग्ने हो भने समाजका विकृति र विसंगति सहजै हट्ने बताएकी थिइन् ।

महिलाको इमान्दारीता र लगनशिलताले जसरी घर परिवार सुन्दर हुन्छ त्यसै गरी त्यही महिलाको एकताले समाजलाई रुपान्तरण गर्छ भन्ने उदाहरण समाज उत्थान महिला मंचले गरेको बताएकी थिइन् ।

महिला मंचकी अध्यक्ष निर्मला श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा कामनपा २६ वडाका अध्यक्ष खेमराज तिवारीले समाज उत्थान महिला मंचले सडक पेटीमा भएको फोहोर हटाउने देखि गंगबु एरियाको विकृति र विसंगतिको फोहोरको डुंगुरलाई हटाउन अग्रणी भूमिका खेलेको बताएका थिए ।

सभापतिको आसनबाट बोल्दै मंचकी अध्यक्ष निर्मला श्रेष्ठले राज्यले अनेक बहानाबाजी गरेर नेपालको रितीरिवाज र धर्मसंस्कृतिलाई समाप्त पार्न लागेको आरोप लागएकी थिइन् ।

पश्चिमी संस्कृतिलाई मलजल गर्दै नेपाली संस्कृतिमाथि दिन प्रति दिन ठाडो आक्रमण भइरहेको प्रति सचेत गराउँदै अध्यक्ष श्रेष्ठले विकृतिको खोक्रो नामका रुपमा व्यक्त राज्यको विचारलाई चुनौती दिन आवश्यक रहेको बताएकी थिइन् ।

बसपार्क एरियामा चेतना मुलक कार्य गर्दै आएको महिला मंचले तिजको शुभकामना आदान प्रदान समेत गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.