एक वर्षमा १० प्रतिशतले इन्धन खपत

रिपोर्ट नेपाल | 2019 Aug 21 | 07:39 am 1905

काठमाडौं,  भदाै ४:  एक वर्षमा करिब १० प्रतिशतले इन्धन खपत बढेको छ । सवारी साधन प्रयोगकर्ता, हवाई उडान र ग्यास प्रयोगकर्ताको संख्या वृद्धि हुँदा खपत बढेको हो ।

आर्थिक वर्ष २०७४/७५ मा २६ लाख ६९ हजार पाँच सय ६१ किलोलिटर इन्धन खपत भएकोमा गत आर्थिक वर्ष २०७५/७६ मा २९ लाख ३० हजार तीन सय ५४ किलोलिटर बिक्री भएको नेपाल आयल निगमले जनाएको छ ।

डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन, खाना पकाउने ग्यासको खपत वृद्धि औसतमा ९.७६ प्रतिशत देखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.