- तिलाचन पाण्डे
गुल्मी, भदौ २: गुल्मीको बिकट कालीगण्डकी गाउँपालिकाको पुर्तिघाटमा राष्ट्रिय बाणिज्य बैंकको शाखा खुलेको छ ।
२०५६ सालमा द्धन्दका कारण बिस्थापित भएको राष्ट्रिय बाणिज्य बैकंको २ सय २३ औ शाखाको एक कार्यक्रमका बीच कालीगण्डकी गाउँपालिकाका प्रमुख बेद थापाले उदघाटन गरेका हुन् ।
बैंकको उद्घाटन गर्दै थापाले स्थानीय स्तरमा बैंकहरु पुग्न नसकेको र गरीबहरुले बैंकबाट सस्तो ब्याजदरमा ऋण लिन नसकेको र हुने खानेहरु संगै पहुँचवालाले मात्रै बैंकको प्रयोग गरेको भन्दै अब तल्लो स्तरसम्म पनि बैंक पुग्नु पर्ने बताए । साथै उनले गाउँपालिका र बैंकको सहकार्यमा निम्न बर्गको पहुँचसम्म बैंक पुग्नु पर्ने बताए ।
यता शाखाका प्रमुख अर्जुन अर्यालले बैंकले कृषि, पशुपालन, ब्यापार घरेलु तथा साना उधोग, महिला उद्यमीसंगै युवाहरुलाई स्वदेशमै ब्यापार र ब्यवसायमा प्राथमिकताका साथ लगानी गर्ने दाबी गरे । अब गाउँका बस्ती बस्ती सम्म बैंकको पहुँच पुग्ने गरी र स्थानीयले अनुभुति गर्ने गरी बैंकले काम गर्ने बताए ।
पुर्तिघाटमा २०५६ सालमा द्धन्दका कारण बिस्थापित भएको राष्ट्रिय बाणिज्य पुन गएपछि सरकारी काम काजका लागि सदरमुकाम तम्घासमान आउनु पर्ने बाध्यताको अन्त्य भएको भन्दै कालीगण्डकी गाउँपालिकाका स्थानीयहरुले खुसी ब्याक्त गरेका छन् ।