फेरि प्रधानमन्त्री ओली सिंगापुर जाँदै

रिपोर्ट नेपाल | 2019 Aug 19 | 07:07 am 1532

काठमाडौं, भदाै २:  प्रधानमन्त्री तथा सत्तारूढदल नेकपाका अध्यक्ष केपी शर्मा ओली फेरि सिंगापुर जाने भएको छ। उनी गत साउन १८ गते सिंगापुर गई २७ गते नेपाल फर्केका थिए।

प्रधानमन्त्री कार्यालयका अनुसार अघिल्लोपटक बदलिएको औषधिको डोज पूरा गर्न ओली  पुनः सिंगापुर जान लागेका हुन् ।

गत साउन १८ गते सिंगापुर गएर २४ गते शुक्रबार फर्कने कार्यक्रम भए पनि ज्वरो आएकाले तीन दिन थपी २७ गते मात्रै फर्केका थिए। चिकित्सकको सल्लाहअनुसार पुनः अन्तिम अर्थात् तेस्रो डोज औषधि लिन सिंगापुर जान लागेका भए पनि फर्कने मिति तय नभएको स्रोतले जनाएको छ।

प्रधानमन्त्री ओलीले परिवर्तन गरेका औषधि तीन साइकल भएकोमा दुई डोज लिएपछि ज्वरो आएकाले केही समयपछि लिन चिकित्सकहरूले सल्लाह दिएका थिए। उनकाे मृगौलाको समस्या रहेको छ।

नयाँ औषधि थपिनुका साथै डोज पूरा नभएकाले उनको शरीरमा क्रियाटिनिन अनियन्त्रित देखिएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्। उनले यसपटक पनि सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा स्वास्थ्य जाँच गर्नेछन्। नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.