स्वयम्भूमा एक प्रहरी जवान मृत फेला

| 2019 Aug 18 | 01:33 pm 1604

काठमाडौं,  भदाै १: महानगरीय प्रहरी वृत्त, स्वयम्भूमा कार्यरत् प्रहरी जवान  मृत अवस्थामा फेला परेका छन् ।

फेला पर्नेमा प्रहरी जवान शंकर ठगुन्ना रहेका छन् । उनी नागार्जुन नगरपालिका–३, ठूलो भर्‍याङमा ३० वर्षीया महिलासँग लिभिङ टुगेदरमा बस्दै आएका  थिए । तर, गएराति मृत भेटिएका हुन् ।

उनै महिलाले प्रहरीलाई ठगुन्ना झुण्डिएको अवस्थामा भेटिएको भन्दै खबर गरेकी र खबर लगत्तै अनुसन्धान अधिकृत घटनास्थलमा पुग्दा, ठगुन्नाको शव भुइँमा लडिरहेको अवस्थामा फेला पारिएकाे प्रहरीले जानकारी दिए ।

स्वयम्भूका प्रहरी नायब उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीले दिएकाे जानकारी अनुसार, प्रहरीले महिलालाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताए ।

प्रहरी जवान ठगुन्ना २० वर्षका हुन् भने महिला ३० वर्षीया विवाहित हुन् । उनको श्रीमानको मृत्यु भइसकेको बुझिएकाे छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.