खुर्पाले घाँटी रेटी श्रीमतीको हत्या

रिपोर्ट नेपाल | 2019 Aug 18 | 11:36 am 1859

गोरखा, भदाै १:  गोरखा नगरपालिका–९, लक्ष्मीबजारमा गएराति श्रीमानले श्रीमतीको खुर्पाले घाँटी रेटेर हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय, गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले दिएकाे जानकारी अनुसार स्थानीय २० वर्षीय याकुब परियारले आफ्नी १९ वर्षकी श्रीमती पूजा परियारको खुर्पाले घाँटी रेटेर हत्या गरेको जनाए ।

प्रहरीले तत्काल गरेकाे अनुसन्धान अनुसार मृतकका श्रीमान् याकुव मानसिक रोगी भएकाे जानकारी दिए । उनी मानसिक रोगको औषधि खाँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

हत्या गर्ने याकुवलाई गएराति नै नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

मृतकको शव परीक्षणका लागि आइतबार  जिल्ला अस्पताल गोरखामा राखिएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.