चार तलाबाट हामफालेर गरिन एक महिलाले आत्महत्या

रिपोर्ट नेपाल | 2019 Aug 17 | 03:51 pm 3233

काठमाडौं, साउन ३२:  सुन्धारास्थित रहेकाे नागराज होटलको चौथो तलाबाट हाम फालेर एकजना महिलाले आत्महत्या गरेकी छन् ।

आत्महत्या गर्नेमा तनहुँकी ३८ वर्षीया दिलमाया गुरुङ रहेकी छन् । केही दिनदेखि उक्त होटलमा बस्दै आएकी र उनीसँगै सासु ससुरा पनिसँग बस्ने क्रममा दिलमाया गुरुङले शनिबार हाम्फालेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

हाेटलकाे जानकारी अनुसार उनी शुक्रबार उक्त होटेलमा कोठा लिएर बसेकी थिइन्। प्रहरीले घटनाकाे अनुसन्धानका लागि उनका परिवारका सदस्यलाई नियन्त्रणमा लिएको र यस बारेमा आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.