काठमाण्डौ, साउन २९: लगातार रूपमा बढेकाे सुनकाे मुल्यले मंगलबार इतिहास रचेकाे थियाे तर बुधबार भने त्याे इतिहास कायम रहन सकेन र बुधबार नेपाली बजारमा सुनको मुल्य घटेको छ ।
आज सुनकाे मुल्य तोलामा ७ सय रुपैंयाँले घटेर ७० हजार ३ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिए। मंगलबार मात्र तोलामा एक हजार रुपैयाँ बढेर सुन तोलाको ७१ हजार रुपैयाँ कायम भएकाे थियो ।
अमेरिका र चिनकाे व्यापारिक काराेबारमा आयातित सामानमा आउँदो महिनादेखि बढाउने भनेको कर कार्यान्वयनमा ढिलाइ गर्ने भएपछि अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको भाउ केही घटेको महासंघले जनाएको छ ।
त्यस्तै बुधबार चाँदीकाे मुल्यमा पनि तोलामा ५ रुपैयाँले घटेर तोलाको ८ सय ३० रुपैयाँमा कारोबार भैरहेको जानकारी महासंघले दिए ।