काठमाडौं, साउन २८: केही दिन यथावत रहेकाे सुनकाे मुल्य मंगलबार भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबारसम्म प्रतितोला ७० हजार रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज एक हजार रुपियाँले बढेर प्रतितोला ७१ हजार रुपैयाँमा भएको हो ।
त्यसैगरी, महासंघले आज तेजावी सुनको मूल्य प्रतितोलामा ७० हजार ७०० रुपियाँमा कारोबार भएको छ ।
डलरको भाउ लगातार बढ्नाले सुनको मूल्यमा असर परेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिए । चीन र अमेरिकाको व्यापार युद्ध तथा कश्मिर काण्डले गर्दा सुनको मूल्य निरन्तर बढ्दै गएको सुनचाँदी व्यवसायीहरु बताउँछन् ।