बाेलबम दर्शन गर्न गएका एक युवा नदीमा बेपत्ता

रिपोर्ट नेपाल | 2019 Aug 12 | 12:07 am 3529

काठमाडाैं, साउन २६: सुन्दरीजलमा हरेक वर्षको साउन महिनाको प्रत्येक सोमबार बोल–बम मेला मनाईने गर्दछ । यस वर्षकाे भाेली अन्तिम साेमबार हिन्दु धर्मावलम्बीहरूको आस्थाका प्रतिक भगवान शिवको उपासना गरिने यस मेलामा हजारौँ संख्यामा हिन्दु धर्मावलम्बीहरुको सहभागीता भइरहेकाे छ ।

यसै क्रममा बाेलबम धामकाे खाेलामा स्नान गर्ने क्रममा एक जना युवक नदीमा डुबेर बेपत्ता भएका छन् । हजाराैं बाेलबमधारीहरू स्नान गरिरहेकाे ठाउँमा एक्कासी युवक हराएपिछ नेपाली सेनाले त्यहाँ रहेकाे ड्यामलाई बन्द गरी युवककाे खाेजी गरिरहेकाे छ ।

अन्दाजी १८ वर्षका युवककाे नाम ठेगाना खुल्न सकेकाे छैन । नेपाली सेना र नेपाल प्रहरीले ती युवकलाई तीब्र रूपमा खाेजी गरिरहेका छन् । दर्शनका लागि गएका अन्य दर्शनार्थीहरु साे घटनाले गर्दा अहिले चिन्तित बनेका छन् । उक्त घटनाकाे विस्तृत विवरण आउन बाँकी रहेकाे छ । घटना रातिकाे करिब ११ बजे भएकाे बताइएकाे छ ।

घटना स्थलबाट प्राप्त जानकारी अनुसार अहिले साे स्थानमा महानगरीय प्रहरी बाैद्धकाे डिएसपीसहितका प्रहरी टाेली पुगी सकेकाे जानकारी प्राप्त भएकाे छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.