चार भगाैडा मध्ये दुई पक्राउ, दुई अझै फरार

रिपोर्ट नेपाल | 2019 Aug 10 | 05:56 pm 1905

काठमाडौं, साउन २५: शनिबार बिहान महानगरीय प्रहरी वृत सिंहदरबारको हिरासतबाट भागेका ४ थुनुवामध्ये दुई थुनुवा पक्राउ गिरएकाे छ भने दुई अझै फरार रहेका छन् ।

चोरी मुद्दामा थुनामा रहेका चार थुनुवा भागेका थिए । चार मध्ये दुई जनालाई प्रहरीले पक्राउ गिरएकाे  र फरार रहेका दुईको तीब्र खोजी कार्य भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले जानकारी दिए ।

ह्याक्सोले झ्यालको डन्डी काटेर उनीहरुले भागेका थिए । उनीहरु मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा पक्राउ परेका थिए । पक्राउ परेकाहरूकाे नाम भने गाेप्य राखिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.