चितवन, साउन २४: शुक्रबार चितवनमा इनारको ढकनी भाच्चिएर इनारभित्र खस्दा एक महिलाको ज्यान गएको छ ।
ज्यान जानेमा नवलपुर गैंडाकोटका ४० वर्षीय इन्द्रकला भुषाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिए ।
उनी भरतपुर महानगरपालिका–९ आदर्शचोक माइती आएकी थिइन् । भुषाल कपडा सुकाउने क्रममा इनारको ढकनीमाथि चढ्दा ढकनी भाच्चिएर बिहान साढे ६ बजे इनारभित्र खसेको प्रहरीले जनाए ।
इनारभित्र खसेपछि उनलाई प्रहरीको टोलीले उद्धार गरी भरतपुर अस्पतालमा पठाएको थियो । अस्पतालमा उपचारको क्रममा उनको बिहान पौने ९ बजे मृत्यु भएको परिवार स्राेतले जानकारी दिए ।