त्रिभुवन विमानस्थलका अध्यागमन अधिकृत पराजुली अख्तियारकाे नियन्त्रणमा

रिपोर्ट नेपाल | 2019 Aug 07 | 04:19 pm 2043

काठमाडौं, साउन २२: बुधबार त्रिभुवन विमानस्थलका अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीलाई अख्तियारकाे टाेलिले पक्राउ गरेका छन्।

श्रम स्विकृति नलिई कतार दुवई तथा कतार दुवईमा ट्रान्जिट भइ विभिन्न अन्य मुलुकमा जाने व्यक्तिलाई  प्रस्थान अनुमति दिएको पाइएको छ।

अभिलेखसमेत नरहने गरी डिर्पाचर  स्टाप लगाई दिने जस्ता गैरकानुनी क्रियाकलाप गरी अध्यागमन ऐन कानुनको बर्खिलाप हुने गरी आर्थिक लाभ लिएको आरोपमा उनी पक्राउ परेका हुन्।

अध्यागमन अधिकृत पराजुलीलाई  नियन्त्रणमा लिई अनुसन्धान प्रारम्भ गरिएको  अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.