कञ्चनपुर, साउन २१: सोमबार रातिदेखि लगातार रूपमा परेको अविरल वर्षाले महाकाली नदीमा पानीको बहाव बढेकाे छ । पानीकाे बहाव बढेपछि वनबासा पुलमा चार पाङग्रे सवारी आवागमनमा रोक लगाइएको हाे । नेपाल-भारत जोड्ने वनबासा पुलमा भारतीय पक्षले मंगलबार बिहानैदेखि चार पाङग्रे सवारी साधनलाई आवतजावतमा रोक लगाएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ।
प्रहरीका अनुसार महाकाली नदीमा पानीको बहाव १ लाख १३ हजार क्युसेक पुगेकोले पुलमा ठूला सवारीसाधन आवागमनमा रोक लगाइएकाे हाे । राेकपछि यात्रुहरु समस्यामा परेका छन्। पहाडी जिल्लामा वर्षा नरोकिएकाले अझै नदीमा पानीको बहाव बढ्न सक्ने प्रहरीले जानकारी दिए ।