विप्लव समूहका रामेछाप जिल्ला इन्चार्ज ढुंगेल पक्राउ

रिपोर्ट नेपाल | 2019 Aug 05 | 01:55 pm 2321

काठमाडौ, साउन २०:   सरकारद्वारा प्रतिबन्धी लगाएपछि निकै आक्रामक बनेका नेत्र विक्रम चन्द नेतृत्व (विप्लव) समूहका रामेछाप जिल्ला इन्चार्ज यादव ढुंगेल पक्राउ परेका छन् ।

काभ्रेको भुम्लु गाँउपालिकाको एनसेल टावरमा बम पड्काए आगो लगाएको आरोपमा ढुंगेललाई प्रहरीले पक्राउ गरेको हो । ढुंगेललाई  काभ्रेको धुलिखेल नगरपालिका ५ बाट पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेका प्रहरी स्रोतले बताए ।

त्यस्तै इलाका प्रहरी कार्यालय बनेपाले शुक्रबार राति विप्लव समूहका दुई कार्यकर्तालाई पक्राउ गरिएकाे थियाे । पनौती–४ वाट विप्लव समूहका जिल्ला सदस्य अनिल रायमाझी र सुन्दर रायमाझीलाई पक्राउ परेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.