शिशु चोरी गर्ने दुई महिला जेल चलान

रिपोर्ट नेपाल | 2019 Aug 04 | 07:10 pm 2619

 साउन १९ : साउन १९ :उपचारकै क्रममा रहेको नवजात शिशु चोरी गर्ने सुनसरी धरानका दुई जना महिला जेल चलान भएका छन्। नवराज शिशु चोरीको आरोपमा प्रहरीले धरान वडा नं. १५ की लिला विक र मिना लिम्बु विकलाईं पक्राउ गरि अपहरण तथा शरीर बन्धक मुद्धा दर्ता गरेको थियो। जिल्ला अदालत सुनसरीका आदेशमा पुर्पक्षका लागि दुवैलाईं जेल चलान गरिएको हो।

आइतबार भएको थुनछेक बहसमा न्यायधीस धुब्रकुमार उप्रेतीको आदेशमा पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिइएको अदालतका प्रवक्ता गोपाल गिरीले जनाए।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्त्री तथा प्रसूति विभागबाट असार २६ गते भोक्राहा नरसिंह गाउँपालिका वडा नं. १ की बबिता मेहताको छोरा वार्डबाटै लिला र मिनाले चोरी गरेका थिए। लगतै प्रहरीले मिनाको घरबाट नवजात शिशु फेला पारेको थियो। बबिताले असार १३ गते छोरा जन्माएकी थिइन्।

नवजात शिशुको आमा राति बिउँझिदा बच्चा हराएपछि तत्काल प्रहरीलाईं खबर गरेपछि खोजतलास गर्दा भेटाउन सफल भएको थियो। मिना र लिलाले बिरामीको कुरुवा भएको नाटक गरेर नवजात शिशु चोरी गरेका थिए। लिलाको भारतमा विवाह भएको र केही समयदेखि माइती घरमै बस्दै आएकाले गर्दा भाउजु मिनासँग मिलेर नवजात शिशु चोरी गरेको खुलेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.