गुल्मी, साउन १८: सत्यवती गाउँपालिका वडा नम्बर ३ र ४ मा गएको भीषण पहिरोका कारण पीडामा रहेका स्थानीय बासीलाई रिपोर्ट नेपाल डटकमको सकृयतामा संकलित रकम हस्तान्तरण गरिएको छ ।
रिपोर्ट नेपालका संचालक बसन्त भुजेल र निर्देशक कृष्ण प्रसाद सापकोटाले एक समारोहकाबीच एक लाख पाँच हजार छ सय उनन्साठी रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण कार्यक्रममा संचालक बसन्त भुजेलले रकम हेर्दा ठूलो नभए पनि समाचार पम्प्रेषण गर्ने संस्थाले आफ्नो सामाजिक दायित्व अनुसार सहयोगीसँग रकम संकलन गरी प्रदान गरेको बताएका थिए ।
सत्यवती गाउँपालिकाका स्वास्थ्य संयोजक सूर्यबहादुर रानाले चेक बुझ्दै विपतको घाउमा रिपोर्ट नेपालले मलम लगाएको बताए । संयोजक रानाले यसरी प्राप्त रकम सदुपयोग हुने विश्वास दिलाउँदै सहयोग गरेकोमा रिपोर्ट नेपाल परिवारलाई धन्यवाद दिएका थिए ।
रानाद्वारा हस्ताक्षरीत रिपोर्ट नेपाललाई दिइएको पत्रमा रिपोर्ट नेपाल डटकमले समाचार सम्प्रेषणका साथै सामाजिक दायित्व निर्वाह गरी रकम जुटाउन सहयोग गरेको भन्दै धन्यवाद दिइएको छ ।