काठमाडौं, साउन १८: अविरल वर्षाका कारण साउन ६ गते मध्यरातमा गुल्मीको सत्यवती गाउँपालिकाको ठूलो लुम्पेक र लिम्घामा गएको भीषण पहिरोका कारण पीडामा रहेका पीडितलाई मुकेश श्रेष्ठाले पाँच हजार एक रुपैयाँ सहयोग गरेका छन् ।
सर्लाही जिल्लाको लालबन्दी २ निवासी बुबा मुकुन्द श्रेष्ठ र आमा बालकुमारी श्रेष्ठको कोखबाट जन्मेका मुकेशले आफू सक्दो सहयोग गरेर पीडितको घाउमा मलम लगाइ दिएका छन् ।
समाजसेवा प्रति खुलेर सहयोग गर्ने श्रेष्ठ छिमेकी जिल्लामा परेको विपत्तीलाई हेरेर बस्न नसकी आफूले दुःख गरी कमाएको केही रकम पीडितलाई सहयोग गरेका हुन् ।
रिपोर्ट नेपाल डटकमले सहयोगदाताको नाम प्रकाशित गरेको देखेपछि आफूलाई सहयोग गर्न मान लागेको उनले बताए । धेरै विपत्तका घटनामा सहयोग गर्दै आएका समाजसेवी श्रेष्ठलाई आगमी दिनमा अझै प्रगती होस उज्वल भविष्यको शुभकामना ।