मेस्सीलाई तीन महिना प्रतिबन्ध, ५० हजार अमेरिकी डलर जरिवाना

रिपोर्ट नेपाल | 2019 Aug 03 | 07:22 am 2032

एजेन्सी, साउन १८ : अर्जेन्टिनाका कप्तान तथा स्पेनी क्लब बार्सिलोनाका स्टार लियोनेल मेस्सी अन्तर्राष्ट्रिय फुटबलमा तीन महिना प्रतिबिन्धित भएका छन् । गत महिना सम्पन्न कोपा अमेरिका कपमा भ्रष्टाचार भएको आरोप लगाएपछि मेस्सीमाथि प्रतिबन्ध लगाएको हो ।

उनले ब्राजिललाई कप जिताउन फिक्स गरिएको आरोप लगाएका थिए । सो प्रतियोगितामा ब्राजिलसँग सेमीफाइनलमा पराजित भएको अर्जेन्टिनाले चिलीलाई जित्दै तेस्रो स्थान प्राप्त गरेको थियो । दक्षिण अमेरिका फुटबल महासंघले मेस्सीलाई ५० हजार अमेरिकी डलर जरिवाना समेत गरेको छ ।

महासंघका निर्णयविरुद्ध मेसीले सात दिनभित्र अपिल गर्न सक्ने छन् । प्रतिबन्धको कारण मेस्सीले सेप्टेम्बर र अक्टोबरमा चिली, मेक्सिको र जर्मनीविरुद्ध हुने मैत्रीपूर्ण खेल गुमाउने छन् । सन् २०२२ को विश्वकप फुटबलमा छनोट खेल भने सन् २०२० मार्चबाट शुरु हुने छ ।

आयोजक ब्राजिलसँग दुई शुन्यले पराजित भएपछि अर्जेन्टिना फुटबल संघले रेफ्रीको गम्भीरको गल्तीहरु गरेको गुनासो गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.