गोरखा, साउन १७: शुक्रबार बिहान गाेरखा जिल्लाकाे सिरानचोक गाउँपालिका–१ केराबारीमा पहिरोमा परी चालकसहित स्काभेटर पुरिएकाे छ।
गुप्चेखोलामा बाटो खन्दै गरेको स्काभेटरलाई अचानक माथिबाट खसेकाे पहिरोले पुरेको हो । उक्त पहिराेमा परी सिन्धुपाल्चोकको मेलम्ची घर भएका चालक रमेश तामाङसहित स्काभेटरलाई माथिबाट खसेको माटोको ढिस्कोले पुरेकोले प्रहरीले जानकारी दिए ।
घटनास्थलबाट तामाङको उद्धार प्रयास भइरहेको प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका बताए ।