हेटौंडामा डेंगुको संक्रमण भेटियाे

| 2019 Aug 01 | 08:39 am 1686

मकवानपुर, साउन १६: प्रदेश ३ को राजधानी हेटौंडामा पनि डेंगु र स्क्रबटाइफस संक्रमणका बिरामी दैनिक भेटिन थालेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले दिएकाे जानकारी अनुसार अलिहेसम्म हेटौंडा उपमहानगरभित्र ८ जनामा डेंगु र १ जनामा स्क्रपटाइफस फेला परेको  जनाएको  छ।  हेटौंडा बजार क्षेत्रका बिरामीमा विशेष गरी डेंगुको संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएकाे हाे ।

हेटौंडा अस्पतालको सिफारिसमा रगत परीक्षणका लागि स्वास्थ्य कार्यालयमा आएका २९ जनामध्ये चार महिला र चार पुरुषमा डेंगु र एक पुरुषमा स्क्रपटाइफस भेटिएको बताए  ।

स्वास्थ्य कार्यालयले निःशुल्क रूपमा परीक्षण गर्ने भएका कारण धेरै बिरामी डेंगुको शंका हुनेबित्तिकै त्यहाँ आउने गरेका छन् । तर जिल्ला जनस्वास्थ्य कार्यालयसँग परिक्षण गर्ने किटको अभाव देखिएको छ।

डेंगु परीक्षण गर्ने किट दुई सय माग गरिएकोमा मुस्किलले ५० वटा प्राप्त भएकाले परिक्षणमा समस्या भएको कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयसँग अब २५ वटा मात्र किट बाँकी रहेको जनाइएको छ।

निजी क्लिनिकले डेंगुको परीक्षण गर्दा निकै महँगो शुल्क लिंदै आएका छन् । निजी क्लिनिकले ३ हजार २ सय रुपैयाँसम्म शुल्क लिनेको गरेकाे पाइएकाे छ ।

उक्त क्षेत्रमा डेंगुका बिरामी भेटिएपछि उच्च सर्तकता अपनाउन स्वास्थ्य कार्यालयले जानकारी गराएकाे छ । असार अन्तिम साता र साउनको पहिलो हप्तामा आएको अविरल वर्षासँगै जमेको पानीका कारण डेंगो र स्क्रफटाइफसको फैलिएको हुन सक्ने अनुमान गरिएको छ ।

यसअघि सुनसरीको धरान र झापामा डेंगुले भयावह रुप लिएको थियो । उक्त क्षेत्रमा डेंगु नियन्त्रण गर्न धेरै सकस परेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.