विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष˗बुटवल र काठमाडौँमा

रिपोर्ट नेपाल | 2019 Aug 01 | 07:33 am 1855

  • सन्तोष महतारा

गुल्मी, साउन १६: जिल्लाका केही विद्यालयहरु राजधानी काठमाडौँमा र बुटवलमा बसेर ब्यवस्थापन हुदै आएका छन् । गाउँमै भलादमी बन्ने अनि आफू शहर बस्ने तर पद भने नछाड्ने प्रचलन गुल्मीका केही विद्यालयहरुमा देखिदै आएको छ ।

विद्यालयका ब्यवस्थापन समिति अध्यक्ष शहर बस्छन् । अन्य सदस्यहरु पनि विद्यालय देखिदैनन् । अनि प्राय गाउँका सरकारी विद्यालयहरु भताभुङ्ग बन्दै गएका छन् ।

जिल्लाको मालिका गाउँपालिकाको घमिरमा रहेको देविस्थान माध्यमिक विद्यालयको ब्यवस्थापन समिति अध्यक्ष ज्ञान बहादुर कार्की हुन् । उनी काठमाडौंमा बस्छन् ।

कहिलेकाँही गाउँ आउँछन् । त्यहि पनि विद्यालय र प्रधानाध्यापकसँग भने खासै भेट हुदैन् । त्यहि कारणले देविस्थान माध्यमिक विद्यालयमा थुप्रै समस्या छन् ।

आजभन्दा १२ बर्षअगाडी शान्ति मन्त्रालय मार्फत एक करोड बजेटमा बनेको भानुपोखरामा रहेको विद्यालयको भवनले अझै मृर्तरुप पाएको छैन । यसको कारक भन्नु विद्यालय र विद्यालय ब्यवस्थापन समितिको सम्बन्ध राम्रो नहुनु हो ।

त्यति मात्रै होइन इस्मा गाउँपालिकामा रहेको अम्मरपुर ओम प्रसाद गौतम माध्यमिक विद्यालयका विद्यालय ब्यवस्थापन समिति अध्यक्ष सुजन गौतम हुन् । उनी प्राय बुटवल बस्छन् । उनको परिवार पनि वुटवलमा नै छन् । ब्यवस्थापन समितिको केही काम परे आउने गरेको बुझिएको छ ।

गाउँमा मात्रै होइन सदरमुकाम तमघास कै विद्यालय पनि त्यस्तै अवस्थामा छन् । रेसुङ्गा नगरपालिका वडा नम्बर ९ मा रहेको उपल्लो तमघास माध्यमिक विद्याललयका ब्यवस्थापन समिति अध्यक्ष गुडानिधि शर्मा हुन् । उनी अहिले काठमाडौँमा छन् ।

घरपरिवार उपल्लो तमघास मै भएपनि आफ्नै कामले राजधानी पसेका छन् । राजधानी छोटो समयको लागि हैन । दशै पछि मात्रै तमघास फर्कने अध्यक्ष शर्माले बताए ।

यस्तै कारण जिल्लाका केही विद्यालय राजनितिक रुपले ग्रस्त छन् । केही विद्यालयमा ब्यवस्थापन समिति र विद्यालय कै प्रधानाध्यापक बिच हित्तचित्त छैन । त्यसैले पनि विद्यालयको न भौतिक अवस्था ठिक छ , न त शैक्षिक अवस्था नै ।

यी त बुटवल र काठमाडौंमा बसेर गाउँका विद्यालयको ब्यवस्थापन पद ओग्टने भलादमीहरु हुन् ।

सदरमुकाम तमघास बसेर गाउँको विद्यालयको ब्यवस्थापन जिम्मा र पद ओगट्ने पनि कमी छैनन् । तर गुल्मी सदरमुकाम भित्र रहेका प्राय विद्यालयमा ब्यवस्थापन समिति अध्यक्ष पनि दैनिक एकपटक विद्यालय पुग्छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.