काठमाडौं, साउन १५: प्रहरी प्रधान कार्यालयले तीन जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को काज सरुवा गरेको छ ।
प्रधान कार्यालय स्रोतका अनुसार डिएसपी सुनिल मल्ललाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तु खटाइएको छ भने देवेन्द्र पाण्डेलाई महानगरीय प्रहरी परिसर ललितपुरमा खटाइएको छ ।
त्यस्तै डिएसपी नारायण चिमरियालाई हिमाली जिल्ला सोलुखुम्बु खटाएको बुझिएको छ ।