गुल्मीको पहिरो पीडितलाई दलबहादुर थापाको मलम

रिपोर्ट नेपाल | 2019 Jul 31 | 06:24 pm 3020

काठमाडौं, साउन १५: गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १३ निवासी बाबु चुडामणी श्रीस र आमा भागिरथी श्रीस मगरका सुपुत्र दलबहादुर थापा जिल्लामा त्यति चर्चित नाम नभए पनि जिल्लाको प्रकोपलाई आफ्नै दुखाई सम्झने एक समाजसेवी व्यक्तित्व हुन् ।

एसएलसी परीक्षा दिए लगत्तै ब्रिटिस सेनामा भर्ना भई आफ्नो जवानी त्यतै विताएका थापा प्रदेशमा रहँदा पनि देश र जिल्लामा पर्ने अनेक विपत्तिका घटनामा सहयोगीका रुपमा खडा हुने गर्थे ।

जागिरबाट सेवा निवृत्त भएपछि ललितपुरमा बसोबास गर्दै आएका थापाले रिपोर्ट नेपाल डटकम मार्फत ठूलो लुम्पेक र लिम्घाका पहिरो पीडितका लागि १० हजार १ सय सहयोग गरेका छन् । जिल्लामा धेरै घुलमेल हुन नपाए पनि विपत्ति आईपर्दा दुख्ने रहेछ भन्दै उनले उक्त रकम सहयोग गरेका हुन् ।

उनी बेलायती सेनामा कार्यरत भएपनि उनका दाजु खगबहादुर श्रीस ज्यादै इमान्दार र कर्ताव्यनिष्ठ राजनीतिकर्मी थिए । जिविसको सदस्य रही सकेका श्रीसको परिवार यथार्थमा भगारी एरियामा दिन दुःखीको बैशाखी थियो भन्दा फरक पर्दैन । अरुको दुखाईमा मलम लगाउने दलबहादुर थापाको हामी उत्तरोत्तर प्रगतिको कामना गदैछौं ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.