लाईन्स क्लवअफ ईन्टरनेशनल डिष्ट्रिकद्वारा गुल्मीका बाढी पीडितलाई १४ लाख बराबरको सहयोग

रिपोर्ट नेपाल | 2019 Jul 31 | 05:11 pm 2830

बुटवल, साउन १५ : गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ३ र ४ मा साउन ६ गतेको बाढी पहिरोबाट पीडितहरूको उद्धारमा काठमाडाैँको एक संस्थाले लाखौँ मूल्य बराबरको समाग्री सहयोग गरेको छ ।

काठमाडाैँको लाईन्स क्लवअफ ईन्टरनेशनल डिष्ट्रिक ( ३२५ बि वान) नामक संस्थाले वडा नम्बर ३ को ठुलोलुम्पेक र ४ को लिम्घामा खाद्यन्न र लत्ता–कपडा गरी करिब १४ लाख मूल्य बराबरको सहयोग हस्तान्तरण गरेको हो ।

उक्त संस्थाका कोषाध्यक्ष भीमलाल पौडयालको नेतृत्वमा आएको टोलीले सत्यवती बाढी पहिरो पीडित व्यवस्थापन समितिका संयोजक एवं वडा नम्बर ४ का वडाध्यक्ष दानबहादुर राना लगायतका जनप्रतिनिधिहरू मार्फत पीडितहरूलाई हस्तान्तरण गरेका थिए ।

कोषाध्यक्ष पौड्यालले व्यक्तिगत तर्फबाट लिम्घाका ८ जना मृतका परिवाजनलाई जनही ५ हजारका दरले नगद सयोग गरेका थिए भने सत्यवती १ अस्लेवाका समाज सेवी चिन्तामणि पाण्डेले पनि मृतकका परिवारलाई जनही ५ हजारका दारले आर्थिक सहयोग गरेका थिए । त्यस्तै ठुलोलुम्पेका पहिरो पीडितहरूलाई समाज सेवी पाण्डेले व्यक्तिगत २५ हजार नगद र २७ हजार बराबरको जिन्सी सहयोग पनि गरेका थिए ।

टोलीले आफैले मालवाहक ट्रकमा पर्याप्त खाद्यन्न, लत्ता कपडा अन्य जिन्सी शिविरमा ल्याई वितरण गरेको थियो । हालसम्म सामाजिक सङ्घ संस्था मध्येबाट सबै भन्दा ठूलो सहयोग उक्त संस्थाले लिएर हस्तान्तरण गरेको सहयोग सङ्कलन समितिका संयोजक तथा वडाध्यक्ष दानबहादुर रानाले बतयशाए ।

देशैभर हुने विपद्मा उद्धारको कार्यमा जुट्दै आएको लाईन्स क्लवअफ डिष्ट्रिक ३२५ बि वानले २०७१ का भूकम्प पीडित र त्यसको दोस्रो वर्ष गुल्मीको दजाकोटका अग्नि पीडितहरूलाई पनि ठुलो सहयोग गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.