मेलम्ची, साउन १५ : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १० को वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको छ।
आगजनीबाट वडा कार्यालयको कागजातसहित टेबल कुर्सी नस्ट भएको वडाध्यक्ष भक्तबहादुर खड्काले जानकारी दिए ।
घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मेलम्चीबाट प्रहरी टोली पुगेपनि अधिकांश कागजात र टेबल कुर्सी जलिसकेका थिए ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको भन्दै घटनामा कसको संलग्नता रह्यो भन्नेबारे अनुसन्धान सुरु गरिएको बताएको छ ।