वीरगञ्ज, साउन १४ : प्रतिबन्धित लागूऔषध गाँजा र गाडीसहित चारजना भारतीय नागरिकलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । तस्करी र लागूपदार्थ ओसार पोसारको केन्द्र बन्दै गरेको पर्सामा ८९ केजी गाँजासहित चारजना भारतीयलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत बिहार राज्यको मोतिहारी जिल्ला बिशुनपुर वडा नं.३ बस्ने ३१ वर्षीय नुर महम्मद हुसेन, सोही जिल्ला फुलवरिया वडा नं.११ बस्ने ३२ वर्षीय असलम आलम साईन, सोही स्थान वडा नं. ११ बस्ने २८ वर्षीय इर्साद साईन र भारत विहारकै मोतिहारी जिल्ला सितलपटी बस्ने ३० वर्षका सुनिल साह रहेका छन् ।
लागूऔषध गाँजा नेपालबाट भारत लैजादै गरेको सूचनाको आधारमा मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय पर्साबाट गएको प्रहरी टोलीले वीरगन्ज महानगरपािलका वडा नम्बर २५ ड्राईपोर्ट बहुअरी सडक खण्डबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो ।
बिआर २८ जी २७७० नम्बरको भारतीय बलेरो गाडीमा चेक गर्ने क्रममा गाडीको तल फल्स बटम बनाई लुकाई राखेको गाँजा फेला परेको प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए । उनले पक्राउ परेकाहरुले प्रारम्भिक बयानमा थप अनुसन्धान गरिरहेका बताए ।