काठमाडौं, साउन १४: अविरल वर्षाका कारण साउन ६ गते गएको पहिरोका कारण ज्यान गुमाउने प्रति श्रद्धाञ्जली अर्पण गर्दै विपतमा परेका सयौंको संख्यामा रहेका पीडित परिवारलाई सहयोग स्वरुप नेपाली कांग्रेस गुल्मी क्षेत्र नम्बर १ का महाधिवेशन प्रतिनिधि रुद्रबहादुर भुजेलले रिपोर्ट नेपाल डटकम मार्फत ५ हजार सहयोग गरेका छन् ।
तीन दशक भन्दा बढी ऋष्यश्रृग्य ऋषीले तपस्या गरेको रेसुङ्गा संरक्षण समितिको अध्यक्ष भएका भुजेल धार्मिक र समाजसेवामा सकृय व्यक्तित्व हुन् । रेसुङ्गा नगरपालिका वडा नम्बर ८ खानीगाउँका निवासी भुजेलकै विशेष पहलमा चौतारामा गौशाला निर्माण गरिएको छ भने पवित्र तिर्थस्थल तपोभूमि रेसुङ्गामा विद्युत देखि बाटो पुर्याउन हुँदै टावर निर्माण गर्न पनि उल्लेख्य योगदान रहेको छ ।
जीतबहादुर भुजेलका सुपुत्र रुद्रबहादर भुजेल गरिब दिन दुःखी प्रति जति माया र स्नेह दिन्छन विपतमा परेका प्रति पनि आफू सक्दो सहयोग गर्दै आएका छन् । भुजेलीकी धर्मपत्नी प्रेमकुमारी भुजेल पनि समाजसेवामा उत्तिकै सकृय महिला अधिकारकर्मी हुन् ।
परिवारका सबै सदस्य आ–आफ्नो ठाउँबाट समाजसेवको लागि लागी पर्ने परिवार हो । भुजेलका सुपुत्र बसन्त भुजेलले पनि यस अभियानमा रु १० हजार सहयोग गरिसकेका छन् । परिवारका अन्य सदस्यहरुले पनि गुल्मेली युके समाज मार्फत पहिरो पीडितलाई सहयोग गरेको बुझिएको छ ।