तीन बुँदे मागसहित नेविसंघले त्रिविलाई बुझायाे ज्ञापन पत्र

रिपोर्ट नेपाल | 2019 Jul 29 | 06:41 pm 2021

काठमाडौँ, साउन १३ : नेपाल विद्यार्थी संघ (नेविसंघ)ले तीन बुँदे मागसहित त्रिभुवन विश्वविद्यालयलाई ज्ञापन पत्र बुझाएको छ । विश्वविद्यालय र क्याम्पसभित्र विकृतिपूर्ण गतिविधिले विद्यार्थीकाे भविष्य अन्धकार बनाउँने भन्दै साेमबार नेविसंघले त्रिविलाई ज्ञापन पत्र बुझाएको हाे ।

स्नातक तहमा २० र स्नातकोत्तर तहमा १५ प्रतिशत दिँदै आएको छात्रवृत्ति बढाएर सबै तहमा ३० प्रतिशत पुर्‍याउने पर्ने, व्यवस्थापन संकायभित्र भर्ना भएका सम्पूर्ण विद्यार्थीहरूको १० प्रतिशत विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने र छात्रवृत्तिको नाममा विद्यार्थीहरूलाई पूर्ण सहुलियत दिए नदिएको निरन्तर अनुगमन गर्नुपर्ने माग राख्दै नेविसंघले ज्ञापन पत्र बुझाएको हो ।

त्रिवि एेनले गरेकाे छात्रवृत्तिमा क्याम्पसहरुले अनियमितता गर्ने र त्यसमा त्रिविले अनुगमन नगर्नु दुखद भएकाे नेविसंघले जनाएकाे छ । सर्वसुलभ र गुणस्तरीय शिक्षाको निम्ति आफ्ना मागहरू तत्काल कार्यान्वन गर्न माग पनि गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.