खोलाले बगाएका किशोरको शव भेटियो

रिपोर्ट नेपाल | 2019 Jul 28 | 04:42 pm 1403

विराटनगर, साउन १२  : सिंघीया खोलाले बगाएर विराटनगरमा आइतबार एक किशोरको मृत्यु भएको छ।

खोलाले बगाएर शनिबार बेपत्ता बनाएका १५ वर्षीय रमेश गुरुङको शव मोरङको जहदा गाउँपालिकास्थित सिंघीया खोलाकै किनारमा फेला परेको हो।

रामेछाप घर भई विराटनगर महानगरपालिका–७ मा बस्दै आएका गुरुङको शव खोजतलासका क्रममा आइतबार फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताए।

शव पोस्टमार्टमपछि आफन्तलाई बुझाएको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.