रिपोर्ट नेपालका निर्देशकले गरे गुल्मेली पहिरो पीडितलाई सहयोग

रिपोर्ट नेपाल | 2019 Jul 28 | 01:55 pm 3382

काठमाडौं, साउन १२: सामाजिक दायित्व अन्तर्गत रिपोर्ट नेपाल डटकमले गुल्मीका पहिरो पीडित का लागि सहयोग गर्न आग्रह गरे बमोजिम डटकमका निर्देशक कृष्ण प्रसाद सापकोटाले ५ हजार सहयोग गर्ने बताएका छन् ।

बाबु यज्ञप्रसाद सापकोटा र आमा सीता सापकोटाका जेठो सुपुत्रका रुपमा रहेका कृष्ण प्रसाद सापकोटा ओठमा जुँगाको रेखी बस्ने उमेरदेखि राजनीति र समाज सेवामा सकृय छन् । जिल्लाका विभिन्न घटना परिघटनामा विशेष चासो राख्ने सापकोटा २०५४ को स्थानीय निर्वाचनमा अर्लाङकोट गाविसबाट उपाध्यक्षमा निर्वाचित भएका थिए ।

आपत विपतमा राजनीति भन्दा माथि उठेर पीडितको सहयोग गर्नु पर्ने कुराको वकालत गर्ने सापकोटाले यस अघि पनि जिल्लाबाट आएका आर्थिक रुपमा विपन्न कैयौं मृगौला रोगीलाई समेत सहयोग गरेका छन् । फजुल खर्च गरेर रमाउनु भन्दा यस्ता विपतका घटनामा सहयोग गर्न उनले आम नेपालीलाई आग्रह गरेका छन् ।

सहयोग गर्न चाहाने दाताले रिपोर्ट नेपालको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक नयाँ बानेश्वर शाखामा रहेको चल्ती हिसाब नम्बर १४२०००४८५४०१ मा जम्मा गरेको भौचर वा नगद उपलब्ध गराइदिन आग्रह गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.