गुल्मीका पहिरो पीडितलाई लक्ष्मणको मल्हम

रिपोर्ट नेपाल | 2019 Jul 28 | 12:00 pm 3652

काठमाडौं, साउन १२:  रिपोर्ट नेपाल डटकमको आग्रह अनुसार गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ७ घर भई हाल काठमाडौंको बागबजारमा गुल्मी कालिका गेष्ट हाउस संचालन गरी बस्ने समाजसेवी लक्ष्मण भण्डारीले ५ हजार सहयोग गरेका छन् ।

गत हप्ता सोमबार राति १३ जनाको ज्यान जाने गरी आएको भिषण पहिरोका कारण सयौंको संख्यामा वेघरबार भएको समाचार प्रकाशित भएपछि भण्डारीले रिपोर्ट नेपालको कार्यालयमै आएर रकम हस्तान्तरण गरेका हुन् ।

साविक रुपाकोटमा बाबु बुद्धीप्रसाद भण्डारी र आमा चन्द्रकलाको माइलो सन्तानका रुपमा जन्मिएका भण्डारी सानै उमेरदेखि नै पौरखी र समाजसेवी दुबै रुपमा सकृय छन् ।

अरुको दुखाईमा मल्हम पट्टी लगाउनु पर्छ भन्ने सोच राख्ने भण्डारीको आगामी जिवन अझ सुखमय बनोस र खान दिन पुगोस हार्दिक शुभकामना ।

यस्तो विपत्तीका समयमा सहयोग गर्न चाहाने दानवीरलाई रिपोर्ट नेपालको राष्ट्रिय वाणिज्य बैंक नयाँ बानेश्वर शाखामा रहेको चल्ती हिसाब नम्बर १४२०००४८५४०१ मा जम्मा गरेको भौचर वा नगदका साथै पारिवारीक पृष्ठभूमि उपलब्ध गराइदिन भण्डारीले आग्रह गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.