तातोपानी क्षेत्रमा पहिराेले सुमाेलाई किच्दा २ काे मृत्यु, ८ घाइते

रिपोर्ट नेपाल | 2019 Jul 27 | 07:42 pm 1598

रसुवा, साउन ११:  गोसाइँकुण्ड गाउँपालिका–२, तातोपानी क्षेत्रमा पहिरोले टाटासुमोको पछाडिको भाग पुरिँदा २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्। घाइतेमध्ये एकको अवस्था गम्भीर रहेकाे प्रहरीले जानकारी  दिए। चालक भने शकुशल रहेका छन् ।

काठमाडौँ जान लागेको ना १ ज ७८२४ नम्बरको टाटासुमोको पछाडिको भागमा पहिरोले किचेपछि दुई जनाको घटनास्थलमा नै ज्यान गएको प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताए।

उक्त  सुमाेमा १० जना यात्रु रहेका थिए। घटनाकाे थप विवरण आउन भने बाँकी रहेकाे छ। घाइतेको उपचारको लागि टिमुरे स्वास्थ्य चौकी लगिएको प्रहरीले जनाए । घटना शनिबार साँझ ५ बजे भएकाे बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.