तातोपानी नाकाबाट रु ५३ लाख राजश्व सङ्कलन

रिपोर्ट नेपाल | 2019 Jul 26 | 05:25 pm 2142

सिन्धुपाल्चोक, साउन १० :   चीनसँग सीमा जोडिने सिन्धुपाल्चोकको तातोपानी नाकाबाट एक महिनामा ५३ लाख राजश्व सङ्कलन भएको छ । चार वर्षपछि जेठ १५ बाट सञ्चालनमा आएको तातोपानी नाकाबाट रु ५३ लाख मात्र राजश्व सङ्कलन भएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए ।

औपचारिक रुपमा खुलेको नाकाबाट पहिलो हप्तामा तीन–चार वटा मात्रै कन्टेनर भित्रने गरेका थिए । नेपालबाट सामान लिनका लागि गएको भ्यान खासा पुगेर सामान लिएर फर्किने क्रम बढदै गएको छ । चीनबाट आएका ठूला मालवाहक कन्टेनर सिधै लार्चास्थित सुख्खा बन्दरगाहमा आएर परीक्षण हुने समेत अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए ।

नाका सञ्चालनमा आएपछि सीमा क्षेत्रमा विस्तारै चलह–पहल बढ्दै गएको छ । होटल र खुद्रा व्यापारीसमेत बढ्दै गएका छन् । भूकम्पअघि दैनिक करोडौँ रुपैयाँ राजश्व सङ्कलन हुने गरेका थियो । नाकामा व्यापार बढेपछि राजश्व सङ्कलन पहिलेकै अवस्थामा फर्कने अपेक्षा राखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.