ललितपुर असार ५ : ललितपुरको पाटन अस्पतालमा डाक्टरको लापरिबाहीले १७ बर्षिय कृष्टल मगरको मृत्यु भएको छ । मगरको ज्यान गएपछि उनको आफन्तहरु आक्रोशित बनेर अस्पताल तोडफोड तथा आगजनिको प्रयास गरेको छ ।
ललितपुरस्थित छम्पी– १२ का मगरको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड तथा आगजनीको प्रयास गरेको ललितपुर प्रहरीले जनाएको छ ।
एपेन्डीसाइट्सको समस्याले भर्ना भएका उनको उपचारको क्रममा मृत्यु भएपछि आक्रोशित समुहले तोडफोड तथा आगजनिको प्रयास गरेपछि नियन्त्रणमा लिन काठमाण्डौंबाट समेत मगाइएको बताइएको छ ।
ललितपुर प्रहरीको अनुसार अहिले अस्पताल र मगरको अफन्तहरुबीच वार्ता भइरहेको छ ।