रौतहटको सबगढा लच्का फेरि डुबानमा

रिपोर्ट नेपाल | 2019 Jul 25 | 03:55 pm 2529

रौतहट, साउन ९ : लगातारको वर्षापछि गौर नगरपालिकाको सबगढा चौकस्थित लच्का फेरि डुबानमा परेको छ । पश्चिम भेगबाट छिर्ने पानीको बहाव बढेका कारण लच्का डुबानमा परेको हो । लच्कामा आवतजावतमा समस्या भइरहेको छ । साना सवारीहरु सदरमुकाम जान सकेको छैनन् ।

त्यहाँ नेपाल प्रहरी सशस्त्र र नेपाली सेनाले डोरी लगाएर स्थानीयलाई वारपार गराइरहेका छन् । लच्कामा बर्सेनि लच्कामा पानीको बहाब बढ्दै गएपछि यातायात सञ्चालनमा कठिनाई भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले बताए । ‘अहिलेसम्म अवस्था सामान्य छ,’ उनले भने,‘पानी रोकिएन भने समस्या हुन्छ । मानिस र साना सवारी आउन सक्दैनन् ।’ जिल्लाको दक्षिणी भेगमा वर्षा जारी छ ।

गत असारको अन्तिम सातामा परेको वर्षा पछि लालबकैया र वाग्मती नदीको बाढीले जिल्लाको ८० प्रतिशत भू-भाग डुबानमा पारेको थियो । झण्डै २० हजार घर परिवार विस्थापित भएको थियो । उनीहरु अहिले पनि बाहिर र कोही आफन्तकोमा आश्रय लिइ बसेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.