बालिकालाई बन्धक बनाइ जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ

रिपोर्ट नेपाल | 2019 Jul 25 | 07:55 am 1469

कास्की, साउन ९: पोखराको एक होटलमा बालिकालाई बन्धक बनाइ जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन ।

पक्राउ पर्नेमा मोरङ बिराटनगर घर भई हाल उदयपुर चौदण्डी नगरपालिका–७ बस्ने म्यारीगोल्ड सेकेन्डरी बोर्डिङ स्कूलका शिक्षक राकेश कुमार कानोडियालाई कास्की प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता राजकुमार केसीले जानकारी दिए ।

उदयपुर बस्ने १४ बर्षीया नाबालिकालाई लेकसाइडको द कन्ट्री यार्ड होटलको एक कोठामा बन्धक बनाइराखेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको हो । नाबालिकाले प्रयोग गरेको मोबाइल समेत नियन्त्रणमा लिई अविभावकसंग सम्पर्क समेत गर्न नदिई बन्धक बनाई राखेको अवस्थामा हामिले पक्राउ गरेका हौं –केसीले बताए ।

बालिकाको उद्दार गरी अविभावकको जिम्मा लगाएको केसीले जनाए । बालिकालाई बिगत ८ दिनदेखि होटलको कोठामा राखी जबरजस्ती करणी गर्दै आएका राकेशलाई नियन्त्रणमा लिई कानुनी कारवाही अगाडी बढाएको केसीले जानकारी दिए  ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.