विप्लवसँग वार्ता गर्न रेखाकाे आग्रह

रिपोर्ट नेपाल | 2019 Jul 24 | 10:09 am 3130

काठमाडौं, साउन ९:  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गाेर्खाकी युवा नेतृ रेखा तामाङले सरकारद्वारा प्रतिबन्धीत नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग वार्ता गर्नुपर्ने जनाएकी छन्।

नेतृ तामाङले आफ्नाे फेसबुकमा स्टाटस लेख्दै सरकारले चन्द समुहलाई जे गर्दैछ गलत गरिरहेको जनाएकी छन्। माईला तामाङलाई प्रहरीले पक्राउ गरी अदालतले जेल पठाएपछि तामाङले जस्ले गणतन्त्र ल्याउन त्याग र बलिदानी गरे आज तिनै मान्छेलाई जेल पठाउनु गलत भएको पनि उल्लेख गरेकी छन्।

वार्ताको विकल्प नभएको भन्दै यथासक्य वार्ताको वातावरण बनाउन सरकार समक्ष आग्रह समेत गरेकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.